
काठमाडौं । भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट ५ सय जना नेपालीको उद्धार गरिएको छ । विभिन्न प्रलोभन देखाएर भारत पुर्याई बन्दक बनाइएका उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोलीले शुक्रबार राति उद्धार गरेको हो ।
प्रहरीका अनुसार उद्धार गरिएका नेपालीलाई सुनौली नाकामार्फत नेपाल ल्याइँदै छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।



















