
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज (बुधबार) ६.३८ अंकले घटेको छ । सामान्य गिरावटसँगै नेप्से २ हजार ५७२.३४ विन्दुमा पुगेर बन्द भएको हो ।
बुधबार बजारमा कारोबार रकम भने उच्च देखिएको छ । दिनभर ३ अर्ब ७४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कुल १ करोड ३ लाख कित्ता शेयर किनबेच हुँदा ३९ हजार ४६६ वटा कारोबार भएका थिए। ३५९ वटा कम्पनीको शेयर कारोबार भएको थियो ।
बुधबारको कारोबारमा अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ । १६७ कम्पनीको शेयर मूल्य घट्दा १०० कम्पनीको बढेको छ भने १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
कारोबार भएका कम्पनीमध्ये घलेम्दी हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ६.२५ प्रतिशतले बढेको छ । उक्त कम्पनीको शेयर मूल्य वृद्धिसँगै यो आजको कारोबारमा सर्वाधिक कमाउने कम्पनी बनेको छ ।



















