कांग्रेस महाधिवेशनः शुक्रबार बिहान ७ बजेदेखि मतदान हुने

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २२, बिहीबार १६:४४

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज (बिहीबार) हुने भनिएको मतदान नहुने भएको छ ।

बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक समय सारेर दिउँसो साढे २ बजेसम्मका लागि तोकिएको थियो । तर, साढे २ बजेसम्म पनि मतदान सुरु हुन सकेन । त्यसपछि केन्द्रीय निर्वाचन समितिले आजका लागि मतदानको अर्को समयसमेत तोकेको छैन ।

मतदान सुरु हुन नसकेपछि अब भोलि बिहानदेखि मतदान गर्ने तयारी गरिएको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार भोलि बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ ।

निर्वाचन सामग्री छापाखानाबाट आउन ढिलाइ भएकाले मतदान प्रक्रिया प्रभावित भएको निर्वाचन समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×