कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Share this
810shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २३, शुक्रबार ०६:२६

विराटनगर । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (शुक्रबार) देशका विभिन्न भू–भागमा वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा तथा कोशी प्रदेशको तराईमा भारी वर्षा हुन सक्नेछ ।

महाशाखाका अनुसार अहिले देशका पहाडी र हिमाली भू–भागसहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा सामान्यतया बादल लागेको छ । अन्य भू–भागमा आंशिक बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

शुक्रबार दिउँसो पहाडी र हिमाली क्षेत्रमा मौसम थप बदली हुने अनुमान छ । ती भू–भागका केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । मधेश प्रदेशसहित कोशी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि केही स्थानमा वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।

रातिसमेत वर्षाको सम्भावना कायमै रहने पूर्वानुमान छ । कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा केही स्थानमा तथा बागमती र गण्डकीका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा वर्षा र हिमपात हुन सक्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

राति कोशी प्रदेशको तराईका केही स्थानमा, मधेशका थोरै स्थानमा तथा बागमती र गण्डकीका तराईका एक–दुई स्थानमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।

वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ । विशेषगरी भारी वर्षा हुने स्थानमा स्थानीय अवस्था हेरेर यात्रा तथा बाहिरी गतिविधि सञ्चालन गर्न एवं आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
कोशीमा ६९ पूर्वाधार योजनालाई करिब ५ अर्ब
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित (फोटो फिचर)
मधेश प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीद्वारा राजीनामा
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते
दसैँमा पनि खुला रहनेछन् आयल निगमका डिपो, इन्धन अभाव हुन नदिने
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
चट्टानसहितको पहिरोले किमाथांकासम्मको यातायात प्रभावित
अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन विधेयक संसदमा लैजान स्वीकृति
स्वजन रघुवंशीले हासिल गरे नृत्यमा विद्यावारिधि
कांग्रेस सभापति थापाको शपथ शनिबार, अरुको दसैँपछि
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×