चट्टानसहितको पहिरोले किमाथांकासम्मको यातायात प्रभावित

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ३०, शुक्रबार १५:१४

काठमाडौं । संखुवासभाको उत्तर–दक्षिण (कोशी) सडक योजनाअन्तर्गत चुम्मुसुर सडक खण्डमा चट्टानसहितको पहिरो खसेपछि चीनसँग सीमा जोडिएको किमाथांकासम्मको यातायात प्रभावित भएको छ ।

पहिरोमा ठूला चट्टानसमेत रहेकाले सडक खुलाउन कठिनाइ भएको हो । सामान्य उपकरणबाट चट्टान हटाउन सम्भव नभएपछि विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने अवस्था आएको उत्तर–दक्षिण कोशी सडक योजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार डोजर र एक्स्काभेटरजस्ता उपकरणले मात्रै पहिरो पन्छाउन सम्भव छैन । पहिरो हटाउन आवश्यक प्राविधिक तयारी तथा अन्य प्रक्रियामा समय लाग्ने भएकाले तत्काल सडक खुलाएर यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले बताए ।

सडक अवरुद्ध हुँदा खाँदबारीदेखि किमाथांकासम्म आवतजावत गर्ने यात्रु, यातायात व्यवसायी तथा स्थानीय बासिन्दा प्रभावित भएका छन्। सडक बन्द हुँदा दैनिक आवागमनसँगै सामान ढुवानी र स्थानीय गतिविधिमा समेत समस्या उत्पन्न भएको छ ।

ठूला चट्टान हटाउन विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएकाले सडक खुलाउन थप समय लाग्ने देखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×