सरकारको कार्यशैलीबारे छलफल गर्दै विपक्षी दलहरु

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १६, सोमबार ०९:१४

काठमाडौं । नेपाली कांग्रेसले सरकारको कार्यशैलीको विषयमा प्रतिपक्षी दलहरूसँग छलफल गर्ने भएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा सोमबार दिउँसो १ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।

बैठकमा नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आमन्त्रण गरिएको छ ।

कांग्रेसका अनुसार बैठकमा सरकारको जवाफदेहिता, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिका, पत्रकार पक्राउ तथा सञ्चारमाध्यममा प्रहरी परिचालन गरिएको छलफल हुनेछ ।

त्यसैगरी, विभिन्न घटनासँग सम्बन्धित छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग र अनुसन्धानलाई निष्पक्ष तथा पारदर्शी बनाउनुपर्ने विषयमा पनि छलफल हुने संसदीय दलका नेता आङ्देम्बेले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
डा. केसीको अनशन र सरकारको जवाफदेहिता
विराटनगर जेसिजद्वारा दुई जना सम्मानित
पाँच वर्षे कार्यकाल पूरा गरेर बिदा हुँदै खापुङ, प्रदेश प्रमुखको भूमिकामा बने उदाहरण
संसद् नखुले सरकारका गतिविधिमाथि प्रश्न उठाउने ठाउँ साँघुरिने विपक्षीको ठहर
बिचौलिया प्रकरणमा कांग्रेसको आपत्ति
महाभियोगमा रास्वपा अलमल
झापामा स्वदेशी फूलको बजार जोगाउन प्रशासन सक्रिय, अवैध आयात र प्लास्टिकका फूलमा प्रतिबन्ध
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
न्यायपालिकाबारे उठेका प्रश्नमा निष्पक्ष छानबिन गर्न सर्वोच्चको आग्रह
पत्रकार धरपकडको विरोधमा कांग्रेस, संसद् अधिवेशन बोलाउन र विशेष समिति गठन गर्न माग
रुद्राक्षको आकर्षण : आस्था, विश्वास र प्रकृतिको अनुपम उपहार (फोटो फिचर)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.