
काठमाडौं । नेपाल प्रहरीले आधारभूत तहका कर्मचारीका समस्या र गुनासो सुनुवाइका लागि ‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना गरेको छ ।
प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीका समस्या, गुनासो तथा कठिनाइको निष्पक्ष सुनुवाइ र उचित सम्बोधन गर्ने उद्देश्यले डेस्क स्थापना गरेको हो । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले डेस्कको शुभारम्भ गर्दै सियुजी सेवामा आबद्ध कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ कर्मचारीको मोबाइलमा एकैसाथ गुनासो दर्ता गर्ने गुगल फर्मको लिङ्क पठाएका थिए ।
प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम कार्यादेश जारी गरी स्थापना गरिएको डेस्कले आधारभूत तहका प्रहरी कर्मचारीको पेसागत तथा सेवागत जीवनलाई थप सुरक्षित, सम्मानित, मर्यादित र न्यायोचित बनाउन सहयोग गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

























