झापामा करेन्ट लगाएर माछा मार्दा एक जनाको मृत्यु

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ६, आइतबार १२:१६

झापा । झापाको कमल गाउँपालिका-१ शुक्रबारेस्थित किस्ने खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय गोपाल राई छन् ।

माछा मार्न प्रयोग गरिएको करेन्ट आफैँलाई लाग्दा राईको शनिबार घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

राईको शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । यसअघि गत भदौमा पनि सोही खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.