
काठमाडौं । भारतका विदेशमन्त्री डा. एस. जयशंकरले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग आइतबार शिष्टाचार भेटवार्ता गरेका छन्।
नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यका विषयमा कुराकानी भएको थियो।
दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार दुईदिने राजकीय भ्रमणका लागि भारत गएका हुन्।



















