कक्षा १२ को प्रश्न पत्र बाहिरिएको होइन : राष्ट्रिय परीक्षा बोर्ड

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २१, आइतबार १६:३४
कक्षा १२ को मौका परीक्षाको तालिका सार्वजनिक 

काठमाडौं । कक्षा १२ को आइतबारदेखि सुरु भएको परीक्षाको पहिलो दिनै भक्तपुरको एउटा परीक्षा केन्द्रबाट प्रश्न पत्र बाहिरिएको हल्ला निराधार भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

आइतबार भएको अङ्ग्रेजी विषयको प्रश्न पत्र परीक्षा सुरु हुनु अगावै मध्यपुर ठिमीको शङ्ख धरमा रहेको चाणक्य कलेजबाट प्रश्न पत्र बाहिरिएको हल्ला चलेपछि राष्ट्रिय परीक्षा बोर्डले त्यसको खण्डन गरेको हो ।

बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै आज सञ्चालित अनिवार्य अङ्ग्रेजी विषयको प्रश्न पत्र परीक्षा सुरु हुन अगावै निश्चित विद्यालयका विद्यार्थीहरूले प्राप्त गरेको भनी सामाजिक सञ्जालमा राखिएको सूचना भ्रामक र गलत भएको जनाएको छ ।

साथै परीक्षाजस्तो संवेदनशील विषयमा सामाजिक सञ्जालमा पुराना र प्रयोग भइसकेका प्रश्न पत्र राखी भ्रम सिर्जना गर्नेमाथि कानुनी कारबाही गर्न बोर्डले सम्बन्धित निकायमा सूचनासमेत पठाएको जनाएको छ ।

प्रश्न पत्र बाहिरिएको हल्ला चलेपछि गरेको अनुसन्धानबाट विषयवस्तुको आधिकारिता पुष्टि नभएको र कहीँ कतै त्यस्तो गतिविधि नभएको बोर्डले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.