विद्यालयमा धाराको पानी पिउँदा झापाका १७ जना बालबालिका बिरामी

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ७, बुधबार १९:५५

विराटनगर । विद्यालयमा रहेको धाराको पानी पिउँदा बुधबार दिउँसो झापामा १७ जना बालबालिका बिरामी परेका छन् ।

बाह्रदशी गाउँपालिका–६ मा रहेको मिनी माउण्टेन इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी बिरामी परेको प्रहरीले जनाएको छ । बिरामी हुनेहरु सबै उक्त स्कुलमा अध्ययनरत बालबालिका हुन् ।

प्रहरीका अनुसार विद्यार्थीहरुले स्कुलमै रहेको धाराको पानी खाएका थिए । त्यसलगत्तै उनीहरुलाई पेट दुख्ने समस्या देखिएको थियो । बिरामी भएका बालबालिकाको बिर्तामोडस्थित बिर्तासीटी अस्पतालमा उपचार भइरहेको छ ।

बिरामी परेका सबै बालबालिकाको अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । प्रहरीका अनुसार बिरामी हुनेहरुमा बाह्रदशी–६ की ८ वर्षीया अनुषा भुजेल, ९ वर्षीया प्रनिशा अधिकारी, ईसिका भुजेल, वर्षा लिम्बू खुस्बु बर्देवा, १० वर्षीया सुप्रीया सुन्दास, सृष्टि मावो, सेन्जे हाङमा शर्मा, मनिता गजुरेल, रेवन विक, ११ वर्षीया सुमित्रा किस्कु, विना रिजाल, आदित्य ढकाल, अरबिदा राई, सुशान्त कार्की, प्रनिशा कार्की र ग्रीष्मा साह रहेका छन् ।

विद्यालयमा धाराको पानी दूषित रहेको र पानी पिउँदा विद्यार्थी बालबालिका बिरामी परेको हुनसक्ने अनुमान गरिएको छ । यस विषमया प्रहरीले थप बुझ्ने काम गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.