ग्रेडेड स्कुलमा अभिभावक सचेतना तथा दीक्षान्त समारोह

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १६, शुक्रबार १७:५६

विराटनगर । विराटनगर –७ को ग्रेडेड स्कुलले २०८२ सालको शैक्षिक सत्रको सुरुवातमा सीटीएफ नेपालसँगको सहकार्यमा अभिभावक सचेतना तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

सीटीएफ नेपालकी  प्रबन्धक  निर्देशक निर्मला पौडेल र प्रशिक्षक रूपा अधिकारीले प्री –प्राइमरी बालबालिकाका अभिभावकहरूको अभिमुखीकरणको सहजीकरण गरेका थिए ।

बाल मनोविज्ञान, स्याहार सुसार र बाल जीवनशैलीको बारेमा केन्द्रित सचेतना मूलक कार्यक्रम अभिभावकहरूले निकै नै ज्ञानवर्धक रहेको जानकारी गराए ।

त्यसैगरी, सोही अवसरमा प्री –स्कुलका विद्यार्थीहरूको पनि विशेष समारोह आयोजना गरी दीक्षान्त समारोह आयोजना गरिएको थियो ।

दीक्षित हुने विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

विद्यालयले प्रत्येक हप्ताको बुधबार विद्यार्थीहरूको इच्छा अनुरूप विभिन्न अतिरिक्त सीपयुक्त क्रियाकलाप पनि गर्दै आएको र यस प्रकारका विभिन्न विद्यार्थी तथा अभिभावक लक्षित कार्यक्रम गर्दै आएको छ ।

रोबोटिक्स, कोडिङ र एआईको कक्षा पनि सञ्चालनमा रहेको विद्यालयका प्रधानाध्यापक प्रेमलाल सिंह सुवालले जानकारी दिए ।

उनले बालबालिकाको प्रारम्भिक विकासमा अभिभावक र शिक्षकको भूमिकाको महत्वबारे प्रकाश पार्दै भविष्यमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.