लर्डबुद्ध कलेजका नयाँ विद्यार्थीलाई अभिमुखीकरण 

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ८, बिहीबार २०:२३

विराटनगर । विराटनगरको लर्डबुद्ध कलेजले नयाँ शैक्षिक सत्र अन्तर्गत कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई बिहीबार स्वागत गर्दै अभिमुखीकरण गरेको छ ।

नयाँ विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौलाले विद्यार्थीलाई जीवन उपयोगी, सीप र संस्कारसहितको शिक्षामा जोड दिनुपर्ने बताए ।

उनले आजको समयमा विद्यार्थीलाई केबल पाठ्यपुस्तकको ज्ञान मात्र नभई व्यवहारिक सीप, सामाजिक उत्तरदायित्व र संस्कारसहितको शिक्षाले जीवनको सही दिशा दिने उल्लेख गरे ।

कलेजका निर्देशक सविता दाहालले नयाँ विद्यार्थी र अभिभावकलाई स्वागत गर्दै लर्डबुद्ध कलेजको शैक्षिक प्रगति र उपलब्धिबारे प्रकाश पारिन् ।

उनले गुणस्तरीय शिक्षा र विद्यार्थीमैत्री वातावरणलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको प्रस्ट्याइन् ।

अभिभावक र विद्यार्थीको विश्वासले हामीलाई अझै उत्कृष्टता हासिल गर्न प्रेरणा दिएको, उनले भनिन् ।

कलेजका संस्थापक सरोज भट्टराईले लर्डबुद्ध कलेज विराटनगरको पहिलो शैक्षिक संस्था हो, जसमा नर्सरीदेखि स्नातकोत्तर तहसम्म अध्यापन हुन्छ । उनले भने नयाँ व्यवस्थापनको साथमा लर्डबुद्ध कलेजलाई राष्ट्रिय स्तरमै प्रतिष्ठित बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कलेजका प्रधानाध्यापक विनोद भण्डारीले विद्यार्थीमैत्री वातावरणमा अध्यायपन हुँदै आएको र विद्यार्थीलाई आत्मविश्वास तथा दक्षतासहितको भविष्य निर्माणमा सहयोग गर्ने दृढता राख्ने बताए ।

कलेजका अध्यक्ष पप्पु अन्सारीले शिक्षालाई पूर्ण रूपमा व्यवहारिक बनाउन ‘पढ्दै –सिक्दै –कमाउँदै’ अभियानको साथ अघि बढ्ने बताए ।

उनले विद्यार्थी केवल किताबको ज्ञानमा सीमित नभई विद्यार्थीहरूका लागि एकाउन्टिङ कक्षा, लोकसेवा तयारी कक्षा र जीवनोपयोगी सीप विकास कार्यक्रम सुरु गरेको बताए ।

सिक्दै कमाउँदै अध्ययन गर्नु विद्यार्थीका लागि नौलो र उपयोगी अवसर हुनेछ । लर्डबुद्ध कलेज यस मोडेलमा अघि बढाउँदै शिक्षालाई रोजगारीसँग जोड्ने लक्ष्य रहेको अन्सारीले बताए ।

कक्षा ११ मा भर्ना भएका २ सय १५ जना विद्यार्थीहरूलाई स्वागत गर्दै कलेजका बारे जानकारी गराइएको थियो ।
सो अवसरमा विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.