
विराटनगर । विराटनगरमा रहेको नेशनल एकेडेमीले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण गरेको छ ।
कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई एकेडेमीले एक कार्यक्रमका बीच स्वागत तथा अभिमुखीकरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर –१० का वडाध्यक्ष अर्जुन गिरीले अहिलेको आवश्यकता सीप मूलक शिक्षा रहेको हुँदा विद्यार्थी र अभिभावक दुवैले सोच्नु पर्ने बताए ।
उनले जीवनमा केबल किताबको ज्ञान मात्रै पर्याप्त नहुने बताउँदै । सीप, व्यवहार र संस्कार पनि उत्तिकै आवश्यकता रहेको हुँदा नेशनल एकेडेमीले यसलाई प्राथमिकताका साथ लिएर अघि बढ्ने विश्वास उनले व्यक्त गरे ।
सो अवसरमा प्राध्यापक डा. राजनारायण यादव र शिक्षक हरिनारायण यादवले विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै मेहनत, अनुशासन, लगनशील भए पढाइमा लाग्न पर्ने बताए ।
एकेडेमीका प्रिन्सिपल सकलदेव साहले विज्ञान, व्यवस्थापन, शिक्षा र होटेल म्यानेजमेन्ट संकायमा अध्ययन गर्ने विद्यार्थीलाई सीपसहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए ।
उनले ठुल्ठुला संरचना देखाएर र तामझाम गरेर मात्रै राम्रो शिक्षा प्राप्त हुन्छ भन्ने हुँदैन ।
भौतिक संरचना ठुलो भएर मात्रै हुँदैन । त्यहाँको कस्तो वातावरणमा पढाइ हुन्छ भन्ने कुराले पनि अर्थ लाग्छ, उनले भने, ‘हाम्रो संरचना सानो भए पनि थोरै विद्यार्थीलाई सीपयुक्त गुणस्तरीय शिक्षा, संस्कारका साथै देशलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्दै आएका छौँ । यहाँबाट निस्कने विद्यार्थीसँग कुनै न कुनै सीप हुन्छ ।’
ठुलो संरचना देखाएर चर्को शुल्क लिँदा विद्यार्थी र अभिभावकलाई आर्थिक भार थपिन्छ ।
तर, हामीले कसैलाई पनि आर्थिक भार नपर्ने गरी सबैको पहुँचका आधारमा गुणस्तरीय शिक्षा प्रदान गर्दै ३१ औँ ब्याचसम्म आएको बताउँदै, प्रिन्सिपल साहले भने, ‘ठुलो घरले भन्दा सानो घरले गुणस्तरीय शिक्षा दिन्छ भनेर अभिभावक र विद्यार्थीलाई विश्वास दिलाउन चाहन्छु । नेशनल एकेडेमीबाट पास गरेका विद्यार्थी बजारमा बेरोजगार पाइँदैन । अहिले विज्ञान, व्यवस्थापन र होटेल म्यानेजमेन्ट संकायमा पढाइ भइरहेको र अर्को वर्षदेखि कानुन संकायमा पढाउने योजना रहेको छ ।’
सो अवसरमा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।



























