अर्किडमा कृष्ण जन्माष्टमीमा ‘राधाकृष्ण’ प्रतियोगिता

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ३१, शनिबार १९:०८
अर्किडमा कृष्ण जन्माष्टमीमा ‘राधाकृष्ण’ प्रतियोगिता

विराटनगर । विराटनगरको अर्किड स्कुलले कृष्ण जन्माष्टमीका अवसरमा विशेष कार्यक्रमको आयोजना गरेर मनाएको छ ।

स्कुल परिसरमा साना बालबालिकाबीच ‘राधाकृष्ण’ प्रतियोगिताका साथै हाँडी फोडको आयोजना गरेको हो । ‘राधाकृष्ण’ प्रतियोगिता मन्टेश्वरीदेखि १ कक्षासम्मका २ सयभन्दा बढी विद्यार्थीहरूले प्रतिस्पर्धामा भाग लिएका थिए ।

यस प्रतियोगितामा उत्कृष्ट भेषभूषका साथै सजावटका आधारमा विजेता घोषित गरिएको थियो । सो प्रतिस्पर्धाको निर्णायकहरू नृत्यकर्मी दीपेन्द्र थापा र दीपेन्द्र श्रेष्ठको टोलीले विजेता छनोट गरेका थिए ।

प्रतियोगितामा कक्षा युकेजीको छात्रातर्फ जिज्ञासा कोइराला प्रथम, एलिसा चौधरी द्वितीय र आरुषी तृतीय भइन् भने छात्रतर्फ एभन कामत प्रथम, बिटु मण्डल द्वितीय र बबी कार्की तृतीय भए ।

कक्षा १ को छात्रातर्फ तुलसीकुमारी चौधरी प्रथम, हम्सिनी चौधरी द्वितीय र विशका यादव तृतीय भइन् । छात्रतर्फ रिसब कर्ण प्रथम, उज्ज्वल यादव द्वितीय र दर्शन गिरी तृतीय भए ।

त्यस्तै, एलकेजीको छात्रातर्फ दिप्सा बाँस्कोटा प्रथम, आरुसी सिंह द्वितीय र अमाइरा बिक तृतीय भए । छात्रतर्फ एलिस यादव प्रथम, सियांश राना द्वितीय र केशव राय तृतीय भएका छन् ।

नर्सरीको छात्रातर्फ अनुसा मण्डल प्रथम, सिमोना राना द्वितीय र मनीषा साह तृतीय भइन् । छात्रतर्फ चार्बिक साह प्रथम, आरभ सिंह द्वितीय र श्रीयंस यादव तृतीय भए ।

विजयी विद्यार्थीहरूलाई विद्यालयका प्रिन्सिपल मनिष भट्टराई, डाइरेक्टर दिपेश बाँस्तोला, राजन दत्त, उमेश कार्की, ओम यादव, सहायक प्रिन्सिपल पिके कामत, कोअर्डिनेटर राकेश साह, निर्णायकद्वय दीपेन्द्र थापा, दीपेन्द्र श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे ।

विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्दै उनीहरूले सानैदेखि आफ्नो धर्म, संस्कृति, रीति रिवाजबारे जानकारी दिने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरेको बताए ।

विद्यालयले पढाइका साथै विभिन्न पर्वलगायतका बारे जानकारी दिइने र थप अतिरिक्त क्रियाकलाप गराउँदा विद्यार्थीहरूमा पढ्ने ऊर्जा आउने भएकाले समय समयमा यस्ता कार्यक्रम गर्दै आएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.