महेन्द्र मोरङ क्याम्पस प्राध्यापक संघको सभापतिमा नवीन अधिकारी

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १७, मंगलबार ०९:२८
महेन्द्र मोरङ क्याम्पस प्राध्यापक संघको सभापतिमा नवीन अधिकारी

विराटनगर । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी निर्वाचित भएका छन् ।

अधिकारीको सभापतित्व ११ सदस्यीय नयाँ समिति निर्वाचित भएको हो । समितिको उपसभापतिमा डा. उपेन्द्र मेहता, सचिवमा इ. जयनाथ यादव, सहसचिवमा डा. राजेन्द्रप्रसाद चौधरी र कोषाध्यक्षमा डा. युवराज साहु निर्वाचित भए ।

त्यस्तै, सदस्यमा बाबुराम बुढाथोकी, डा. तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव चयन भएका छन् ।

नयाँ कार्य समितिमा नेपाली कांग्रेस निकट नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघका अधिकारी, मेहता, इ. यादव, चौधरी, साहु र चम्लागाईं विजयी भए ।

नेकपा एमाले निकट प्रगतिशील प्राध्यापक संगठनबाट बुढाथोकी, निरौला र रेग्मी तथा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनबाट तामाङ र यादव निर्वाचित भए ।

नवनिर्वाचित कार्य पदाधिकारी र सदस्यहरूलाई निर्वाचन समितिका संयोजक प्रा.डा. देवेन्द्र अधिकारीले प्रमाणपत्र प्रदान गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.