वादविवादमा स्मृति प्रथम 

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ६, आइतबार १८:१५
वादविवादमा स्मृति प्रथम 

विराटनगर । विराटनगरको अरनिको कलेजले आयोजना गरेको वादविवाद प्रतियोगितामा कक्षा १२ की स्मृति आचार्य प्रथम भएकी छन् ।

‘कृत्रिम बुद्धिमत्ता (एआई) मानव नियन्त्रणमा रहन्छ कि मानवलाई नियन्त्रण गर्छ ?’ भन्ने विषयमा आयोजित प्रतियोगितामा डेढ दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै विपक्षमा उत्कृष्ट विचार राखेर स्मृति प्रथम भएकी हुन् । समीक्षा पौडेल द्वितीय र विन्जु थापा तृतीय र मनोज साह चौथो भए ।

कलेजका सञ्चालक भरतराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य राजेश कार्की, निर्णायक कवि मीनकुमार नवोदित, महेन्द्र मोरङ क्याम्पसका उपप्राध्यापक विजयहरि खतिवडा, अतिरिक्त क्रियाकलापका संयोजक विमल भट्टराईलगायतले विद्यार्थीलाई पुरस्कार प्रदान गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.