
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशन गरेको छ । आइतबार बोर्डले पूरक परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
पूरक परीक्षामा १ लाख २२ हजार १ सय ७१ जना परीक्षार्थी सहभागीमध्ये ८६ हजार २ सय ४६ जना अर्थात् ७० दशमलव ६० प्रतिशतले ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ ।
त्यस्तै, २ जनाको परीक्षाफल रद्द भएको छ भने ३ जनाको परीक्षाफल स्थगित गरिएको बोर्डले जनाएको छ ।
गत भदौ २५ र २६ गते कक्षा १२ को मौका परीक्षा सञ्चालन भएको थियो ।

























