
धनगढी । बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनापछि एक जना बालक बेपत्ता भएका छन् ।
बुंगल नगरपालिका–१० को टुमेडामा सोमबार बिहान साढे १० बजे नम्बर नखुलेको अटो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराका अनुसार दुर्घटनामा मृत्यु हुनेमा बुंगल नगरपालिका–१० का अन्दाजी ४० वर्षीया राजमति महरा, १५ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महरा छन् ।
अटोमा सवार एक बालक बेपत्ता छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन ।

























