काठमाडौं। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले गितेन्द्रबाबु (जीबी) राईका व्यावसायिक साझेदारलाई पक्राउ गरेको छ ।
जीबीका साझेदार रामबहादुर खनाललाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईजी)बा एसपी होविन्द्र बोगटीले जानकारी दिए । रामबहादुर नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक हुन् ।
तनहुँको बगालेफाँटका ४८ वर्षीय रामबहादुरलाई सीआईबीको टोलीले काठमाडौंको रानीपोखरीबाट पक्राउ गरेको हो । उनी गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडमा शेयरधनीसमेत हुन् ।
रामबहादुरलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको एसपी बोगटीले बताए । सहकारीको रकम नेचर हर्ब्समा ल्याएको पाइएको प्रहरीले जनाएको छ ।
सहकारी र नेचर हर्ब्सका सञ्चालक जीबी राई हुन् । जीबी भने हाल फरार छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।