मोरङबाट १० लाख ३० हजार बढीको अवैध सामान र सवारी साधन बरामद

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर २, बुधबार १३:०८

विराटनगर । मोरङको विभिन्न सीमा इलाकाबाट सशस्त्र प्रहरी बलले १० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको भन्सार छलीका अवैध सामान तथा सवारी साधन बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनी मोरङ र मातहत युनिट सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको तथा भन्सार छली गरी प्रयोगमा ल्याइएको अवस्थामा ती सामग्रीहरू नियन्त्रणमा लिएको हो ।

बरामद गरिएका सवारी साधनहरूमा १ थान मोटरसाइकल, १ थान स्कुटर र भन्सार छली गरी प्रयोग गरिरहेको १ थान भारतीय इलेक्ट्रिक स्कुटर रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसैगरी, टोलीले अवैध रूपमा भित्र्याउँदै गरेको मोटर पार्ट्स, खोर्सानी, धागो र चाइनिज नास्पाती समेत बरामद गरेको छ ।
बरामद भएका सवारी साधन र सम्पूर्ण सामानहरूको कुल भन्सार मूल्य १० लाख ३० हजार ४ सय ५० रुपैयाँ बराबर रहेको छ ।
नियन्त्रणमा लिइएका सवारी साधन तथा अन्य सामग्रीहरू आवश्यक कानुनी कारबाहीका लागि विराटनगर भन्सार कार्यालय, विराटनगरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.