विराटनगर । नेपाल राष्ट्र बैंकले तिहार पर्वका लागि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको छ ।
टक्सार महाशाखाले मंगलबार बिहान ११ बजेदेखि एक दिन मात्रै सुनको २.५ ग्रामको सुनको असर्फी बिक्री गर्नेछ । चाँदीको सिक्का बिक्रीका लागि भने भोलि आइतबारदेखि बुधबारसम्मको समय निर्धारण गरेको छ ।
‘सुनको असर्फी २.५ ग्राम प्रतिव्यक्ति एक थानका दरले (फस्ट कम फस्ट सर्भिसका आधारमा मंगलबार १ दिन मात्र बिहान ११ बजेदेखि मौज्दात कायम रहेमा मध्यान्न ४ बजेसम्म बिक्री गरिनेछ,’ राष्ट्र बैंकको टक्सार महाशाखाले भनेको छ,‘चाँदीको स्मारिका तथा मेडालियन कार्तिक ११ देखि १४ गतेसम्म बिहान ११ बजेदेखि मध्यान्न ४ बजेसम्म प्रतिव्यक्ति बढीमा पाँच थानसम्म (गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम मध्येबाट) बिक्री गरिनेछ ।’
असर्फी, चाँदीका स्मारिका खरिदका लागि सक्कल नागरिकता र प्रतिलिपिसहित उपस्थित हुनुपर्ने महाशाखाले जनाएको छ ।