विराटनगर । समता घरेलु लघुवित्त वित्तीय संस्थाकाे एफपीओमा खुलेकाे छ । कम्पनीले ३ लाख ५० हजार ९०४ कित्ताका लागि एफपीओ आवेदन खुला भएकाे हाे ।
प्रतिकित्ता १ सयका दरले सर्वसाधारणले कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले एफपीओबाट कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ संकलन गर्नेछ । अनलाइन प्रणाली मेरोसेयर तथा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाका शाखाबाट एफपीओ भर्न सकिनेछ । न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
के हो एफपीओ ?
कुनै पनि कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशन अर्थात आईपीओ जारी गरेपछि एफपीओ जारी गर्न सक्छ । आइपीओ जारी गरिसकेको संस्थाले आफ्नो पुँजी वृद्धि गर्न ‘थप सार्वजनिक निष्काशन’ गर्न सक्छ,जसलाई एफपीओ भनिन्छ । यो निष्काशन गर्नका मुख्य कारण संस्थाको व्यवसाय वृद्धी र विस्तार हो ।
सार्वजनिक संस्थाको कूल चुक्ता पुँजीको ७० प्रतिशत संस्थापक सेयरधनीको र ३० प्रतिशत सर्वसाधारण सेयरधनीको हुने प्रावधान रहेकाले सो अनुपात कायम नभएमा सो पुँजी कायम गर्न सूचीकृत संगठित संस्थाहरूले एफपीओ निष्काशन गर्दै आएका छन् ।