चाँदीका सिक्का बिक्री सुरु

Share this
661shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १२, सोमबार १३:५५

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदीका सिक्काको बिक्री सुरु गरेको छ । धनतेरसलाई लक्षित गर्दै बैंकले काठमाडौंको बबरमहलस्थित टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित सिक्का बिक्री गर्न थालेको हो ।

टक्सार महाशाखाका उपनिर्देशक पिताम्बर पोखरेलका अनुसार सुनको असर्फी भने मंगलबार एक दिन मात्रै बिक्री गरिने छ। बैंकले १० ग्रामको लक्ष्मी मेडालियन, गणेश मेडालियन, गजलक्ष्मी र गाई मेडालियनको दर २ हजार २ सय रुपैयाँ तोकेको छ भने गाई मेडालियन २५ ग्रामको मूल्य ५ हजार ५ सय रुपैयाँ तोकेको छ ।

सुनको असर्फी नागरिकताका आधारमा एक व्यक्तिलाई एक थानका दरले बिक्री गरिने पोखरेलको भनाइ छ । बैंकले धन्तेरसलाई लक्षित गर्दै प्रत्येक वर्ष सुन र चाँदीका सिक्का बिक्री गर्ने गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.