
विराटनगर । बहुमूल्य धातु सुनको मुल्यले विश्व बजारमा रेकर्ड कायम गरिरहेको छ । जसकाे प्रभाव नेपालमा पनि छ ।
पछिल्लो एक वर्षमा विश्व बजारमा सुनको मुल्य ३३ प्रतिशतले बढेको छ । यो निरन्तर बढ्दो क्रममा छ । सन २०२२ अक्टोबरमा बजार बढेको छ । प्रमुख दुई कारणले सुनको भाउ बढेको हो, पहिलो – मध्यपूर्वी युद्ध, दोस्रो– अमेरिकी चुनावको नतिजापछि आउन सक्ने अनिश्चितता ।
‘जब जब अन्तर्राष्ट्रिय तनाव र द्वन्द्व बढ्न थाल्छ, त्यसले सुनको माग ह्वात्तै बढाउने गरेको छ,’ विश्लेषकहरुले भनेका छन्,‘ यतिबेला मध्यपूर्वी युद्धको तनाव छ, अर्कोतिर अमेरिकी राष्ट्रपतिको चुनावपछि बढ्न सक्ने अनिश्चितताले लगानी सुनतिर मोडिएको छ ।’ सुनसँगै चाँदीको भाउ पनि बढेको छ ।
सुनको मुल्यवृद्धिलाई पहेँलो धातुमा आएको तुफान पनि भन्ने गरिन्छ ।
विश्वका केन्द्रीय बैंकहरूले पनि सुन किन्ने क्रम बढाएका छन् । विश्व गोल्ड काउन्सिलका अनुसार केन्द्रीय बैंकहरूले चालु वर्षकाे पहिलो ६ महिनामा ४८३ टन सुन खरिद गरेका छन् । यो सुन खरिदको नयाँ रेकर्ड हो । टर्की, भारत र चीनका केन्द्रीय बैंकहरू सबैभन्दा ठूलो खरिदकर्ताको सूचीमा शीर्ष स्थानमा छन् ।
‘सुनको मुल्य वृद्धिको गतिशीलता सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरेदेखि सुरु भएको हो, किनकि अमेरिकाले प्रतिबन्ध मार्फत रूसलाई अधिकतम आर्थिक क्षति पुर्याउन खोजेको थियो । तर डलरमा कम निर्भर भएका कारण प्रतिबन्धले रुसलाई असर गरेन । जसले विश्व बजारमा डलरकाे निर्भरता घटाउनका लागि सुनकाे प्रयाेग र भण्डारण गर्ने सन्देश दियाे ।
अर्थशास्त्री मोहम्मद एल एरियनका अनुसार गतिशील विषयलाई अमेरिकाले नजिकबाट निगरानी गरिरहेको छ उनले भनेका छन् ‘ सुनको निरन्तर वृद्धीको कारण मध्यशक्ति राष्ट्रहरुमा बढ्दो टकराव हो । डलरमा आधारित भुक्तानी प्रणालीको विकल्पको रुपमा सुन प्रयोग भइरहेको छ ।’
रसियाले सन् २०२२ मा अमेरिकाले फराकिलो प्रतिबन्ध लगाएपनि आफ्नो मुद्रा र सुनलाई प्रयोगमा ल्याएर अर्थतन्त्रलाई नकारात्मक प्रभाव पर्न दिएन् । रुसको अवस्थाले अर्थतन्त्रको संकट टार्नका लागि अन्य देशहरूलाई डलरकाे निर्भरता कम गर्न प्रोत्साहित गरेको छ । जसले गर्दा सुनको व्यापार स्वत बढेको छ ।
‘डलर मात्रै होइन, विश्वव्यापी प्रणालीको सञ्चालनमा क्रमिक परिवर्तन पनि हो सुन ,’ एल–एरियनले भने,‘यसले प्रभाव विस्तार गर्दै जाँदा विश्वव्यापी प्रणालीलाई भौतिक रूपमा टुक्राउने छ । डलर र अमेरिकी वित्तीय प्रणालीको अन्तर्राष्ट्रिय प्रभावलाई कम गर्न सक्छ ।’
भूराजनीतिक तनाव
मूल्यको स्थिर भण्डारको रूपमा सुनलाई सुरक्षित सम्पत्ति मानिन्छ । जब भूराजनीतिक तनाव बढ्छ, लगानीकर्ताहरू सुनमा लगानी बढाउँछन् ।
युक्रेन विरुद्ध रुसको युद्धदेखि मध्यपूर्वमा बढ्दो द्वन्द्वसम्म ताइवानको स्वतन्त्रताविरुद्ध चीनको लामो समयदेखि चलिरहेको खतराले भूराजनीतिक तनाव बढिरहेको छ, जसले सुनको मार्केटलाई थप फराकिलो बनाइरहेको छ ।
‘सुन अन्तिम सेफ सम्पत्ति स्ट्यान्डिङ जस्तो देखिन्छ, यसले केन्द्रीय बैंकहरू लगायतका व्यापारीहरूलाई प्रभाव बढाउन आत्मबल दिन्छ,’ बैंक अफ अमेरिकाले यस महिनाको नोटमा भन्यो ।
अमेरिकी चुनावको सम्भावित नतिजालाई पनि कारण मानिएको छ । ट्रम्पको उदय भए अनिश्चितता हुने डरले सुनमा लगानी गर्नेहरु बढेका छन् । ट्रम्प आउँदा सुनकाे बजार बढ्ने अनुमानले अहिले भण्डारण गर्ने व्यापारी पनि बढेका छन् ।
क्यापिटल इकोनोमिक्सका अर्थशास्त्री डेभिक्स ओक्सलीले भने, ‘यदि तपाईं वित्तीय अव्यावहारिकता, वित्तीय दमन र स्वतन्त्रतामा आक्रमणको बारेमा साेचिरहनु भएकाे छ भने सुन एक आकर्षक सम्पत्ति हुनेछ ।’



















