घट्यो सुनको बजार भाउ, कतिमा हुँदैछ काराेबार ?

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २०, मंगलबार १२:०३

विराटनगर । तिहारपछि बजार खुल्दा सुनको बजार मूल्य घटेको छ ।

गत कात्तिक १३ गते प्रतितोला एक लाख ६८ हजार ५०० रूपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसयता लगातार बढेको थियो । तिहारकाे बजार बन्दहुनुअघि कात्तिक १५ गते प्रतितोला १ लाख ७१ हजार रहेको थियो ।

मंगलबार नेपाली बजारमा प्रतितोला एक लाख ६८ हजार २०० रूपैयाँ कारोबार मूल्य तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अघिल्लो दिनको कारोबार मूल्यको आधारमा  २ हजार ८ सय रूपैयाँ कम हो ।

आज चाँदीको मूल्य पनि घटेको छ। यस दिनको लागि प्रतितोला २ हजार ३० रूपैयाँ मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ। अघिल्लो दिनको कारोबार मूल्य २ हजार ९० रूपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.