सहकारी ठगीमा उपाध्यक्ष पक्राउ

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २०, मंगलबार २२:२९
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पोखरा । सहकारी ठगीमा पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

सहकारीका उपाध्यक्ष विजय लम्साललाई ससुराली घरबाट पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ । सहकारी ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, पत्रकार अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनाल, सल्लाहकार शेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल र राष्ट्रिय सहकारी बैंक लिमिटेडका कास्कीका पूर्वव्यवस्थापक सन्तोष घिमिरे थुनामा छन् ।

मु्द्धा विचाराधीन छ । फैसला हुन बाँकी छ । तर, उपाध्यक्ष लम्साल फरार थिए । प्रहरीले खोजी गरिरहेको थियो ।

सहकारी ठगीमा संलग्नविरुद्ध ३१ करोड बिगो दाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.