लिटिल च्याम्स सिजन ३ को छनोट चरण सुरु

Share this
805shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १४, शुक्रबार १८:२३

विराटनगर । विराटनगर–३ स्थित मोडर्न एरा स्कलले ‘मोर्डन एरा लिटिल च्याम्स सिजन ३’को छनोट सुरु गरेको छ ।
विराटनगर प्याब्सनका अध्यक्ष मोहन बुढाथोकीले एक कार्यक्रमकाबीच शुक्रबार ‘मोर्डन एरा च्याम्स सिजन ३’छनोटको उद्घाटन गरेका छन् ।
विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले तेस्रो सिजनको लिटिल च्याम्सको आयोजना गरिएको स्कुलले जनाएको छ ।
लिटिल च्याम्समा गायन, नृत्य र मोडलिङका इभेन्टहरु समावेश गरिएको स्कुलका प्रिन्सिपल इन्द्र राईले जानकारी दिए । उनले पहिलो चरणमा नर्सरीदेखि कक्षा ५ र दोस्रो चरणमा कक्षा ६ देखि १० सम्म गरी २ चरणमा प्रतियोगिता हुने बताए ।
प्रतियोगितामा करिव ५ सयभन्दा बढी विद्यार्थीको सहभागिता रहने छ । प्रत्येक विधाबाट उत्कृष्ट १० भित्र पर्ने विद्यार्थीले माघ २७ गते हुने फाइनल चरणमा प्रतिस्पर्धा गर्ने छन् ।
प्रिन्सिपल राईद्वारा लिखित नाटक स्कुललकै विद्यार्थीहरुले अभिनय गरेको नाटक मंसिरको अन्तिम सातामा विराटनगरको गुरुकुल नाटक घरमा देखाइने बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.