अरनिको विद्यालयमा विज्ञान प्रदर्शनी

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १५, शनिबार १६:३७

विराटनगर । विराटनगर महानगरपालिका–१० स्थित अरनिको आवसीय माध्यमिक विद्यालयले विज्ञान प्रदर्शनीको आयोजना गरेको छ ।

विद्यालयको प्राङ्गणमा आयोजना गरेको विज्ञान प्रदर्शनीमा विद्यालयका कक्षा १० सम्मका विद्यार्थीले विज्ञानसम्बन्धी विभिन्न स्टल राखेको थिए ।

उनीहरुले पढेका विषयवस्तुलाई व्यवहारमा उतारेर बनाइएका वस्तुबारे आगन्तुलाई जानकारी दिइएको थियो ।

विज्ञान प्रदर्शनीमा विद्यार्थीहरु मिलेर उनीहरुले घरमै आफूले प्रस्तुत गर्ने विषयका सामग्री तयार पारेर ल्याएर प्रदर्शनी गरेको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रिन्सिपल राजेश कार्कीले विद्यार्थीहरुलाई किताबी ज्ञानसँगै व्यवहारिक ज्ञानको आवश्यकता पर्ने भएकाले प्रत्येक वर्ष विज्ञान प्रदर्शनीका साथै अन्य गतिविधि गर्दै आएको बताए ।

विद्यार्थीहरुले पढेको कुरालाई व्यहारामा उतारेका मात्रै हुन् । उनीहरुले पढेका कुरालाई प्रत्यक्ष रुपमा व्यवहारमा लागू गर्न सके भने पढाइले सार्थकता पाउँछ ।

त्यस अनुरुप विद्यालयले विज्ञान प्रदर्शनी गरेको प्रिन्सिपल कार्कीले बताए । विद्यार्थीहरुको वौद्धिक व्यक्तित्व विकास गर्न विद्यालयले खेलकुद, हाजिरीजवाफ, नृत्य जस्ता अतिरिक्त क्रियाकलाप पनि गर्दै आएको उनले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.