
विराटनगर । नेपाली बजारमा आज साेमबार सुनको मुल्य बढेको छ ।
आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार एक सय रुपैयाँ कायम भएको छ ।
आइतबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य आज यथावत् छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

























