दक्षिण कोरियाको लगानी सेमिनारमा विराटनगरका दुई युवा

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २, मंगलबार ०७:४७

विराटनगर । दक्षिण कोरियामा आयोजित लगानी सेमिनारमा विराटनगरका २ जना युवा उद्यमी सहभागी भएका छन् ।

सोलस्थित नेपाली दूतावासले मंसिर ३० र पुस २ गते आयोजना गरेको “नेपालमा लगानी र व्यापारका अवसरहरू” शीर्षकको सेमिनारमा विराटनगरका युवा उद्यमी प्रतिक राउत र प्रत्युश राउत सहभागी भएका हुन् ।

संघीय सरकारका उद्योग वाणिज्य मन्त्री दामोदर भण्डारीसहितको टोलीमा प्रतिक र प्रत्युश कार्यक्रममा लागि कोरिया गएका थिए ।

कार्यक्रमले नेपालमा लगानीका बढ्दो अवसरहरूलाई उजागर गर्नेछ । भोलि बुधबार नेपाल र कोरियाबीच ट्रेड एण्ड इनभेस्टमेन्ट प्रोमोशन फ्रेमवर्क हस्ताक्षर पनि हुनेछ । नेपाल कोरिया चेम्बर अफ कमर्सका अध्यक्ष किरण साखको नेतृत्वमा गएको टोलीमा नेपालबाट सरकारी तथा निजी क्षेत्रका प्रतिनिधी सहभागी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.