सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस ४, बिहीबार ११:२७

विराटनगर । नेपाली बजारमा आज बिहीबार सुनको भाउ घटेको छ । बुधबारको तुलनामा प्रतितोला एक हजार सात सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार सात सय ८० किनबेच भइरहेको छ । चाँदीमा प्रतितोला ५५ रूपैयाँ मुल्य घटेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.