१४ अङ्कले बढ्याे सेयर बजार

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस ९, मंगलबार १५:५२

काठमाडौं । अघिल्लाे दिन साेमबारकाे तुलनामा मंगलबार सेयर बजार १४ अंकले बढेको छ ।

बजार परिसूचक १४‍‍.११ अंकले बढेदा समग्र बजार मापक परिसूचक २६२६.३१ विन्दुमा पुगेको छ ।

आज १६७ कम्पनीको सेयर मूल्य बढेको छ । ७१ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज बजारसँगै कारोबार रकम पनि बढेको छ । आज पाँच अर्ब २० करोड २२ लाख ६३ हजार ३८ रुपैयाँबराबरको एक करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर खरिद–बिक्री भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.