सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछाने पनि पुगे उच्चमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १४, सोमबार १४:२२

काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत अपचलन, संगठित अपराध र सम्पति शुद्धिकरण मुद्दा जिल्ला अदालत कास्कीको थुनछेक आदेशविरुद्ध सरकारी वकिल पछि प्रतिवादी रवि लामिछाने पनि उच्च अदालत पुगेका छन् । दुवै पक्ष जिल्ला अदालतकाे आदेशविरुद्ध निवेदन लिएर उच्च पुगेका हुन् ।

सरकारी वकिलको कार्यालयले जिल्ला अदालतको आदेश उल्टाएर पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको पुर्पक्षको मागसहित उच्च अदालतमा पुगेको थियो । रवि लामिछाने धरौटीमा छाड्ने जिल्लाको आदेश बदर गरी साधारण तारेखमा पूर्पक्षको मागसहित पुगेका हुन् ।

Advertisement

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले २५ पुसमा लामिछानेलाई तत्काल प्राप्त प्रमाणबाट अहिले नै कसुरदार रहेनछन् भन्न सकिएन भन्दै ६५ लाख धरौटी माग गरेको थियो ।

कास्की जिल्ला अदालतले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ अनुसार धरौटीमा पूर्पक्ष गर्न आदेश दिएको थियो । आदेशमा बेरितको भएकाले बदर गरी सोही संहिताको दफा ६९ साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भनी लामिछानेले उच्च अदालतमा निवेदन दर्ता गराएको उनकाे पक्षका कानुन व्यवसायीले जानकारी दिएका छन् ।

कास्कीको आदेशपछि धरौटी बुझाएर छुटेका रविलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दामा ६० लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

आइतबार मात्र बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा एक करोड रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.