नोबेल अस्पतालबाट पक्राउ परेकालाई प्रहरीले छाड्यो

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २१, सोमबार १९:३५
फाइल तस्बिर

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पताल परिसरबाट पक्राउ परेका १० जनालाई प्रहरीले त्यत्तिकै छाडेको छ ।

विराटनगर महानगरपालिका–४ स्थित अस्पतालबाट आइतबार दिउँसो पक्राउ परेकाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएन । पक्राउ पर्नेहरु अस्पतालको बाहिर सञ्चालनमा रहेका फार्मेसी (औषधि पसल)का सञ्चालक र कर्मचारीहरु थिए ।

प्रहरीले विराटनगर महानगरपालिका–१८ का २७ वर्षीय राजुकुमार कामत, विराटनगर–७ का २४ वर्षीय नितेश राजवंशी, विराटनगर–६ का २३ वर्षीय सुरज राजवंशी, विराटनगर–५ का २७ वर्षीय अमर साह तथा सुनसरीको बर्जु गाउँपालिका–७ का २९ वर्षीय दीपेन्द्र गुप्ता, बर्जु–६ का २५ वर्षीय वीरेन रौनियार, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का २८ वर्षीय श्यामनारायण मण्डल, भारदहका २१ वर्षीय कमल पाठक, २१ वर्षीय दीपक मण्डल र सिरहाको विष्णुपुर गाउँपालिका–२ का २५ वर्षीय नगेन्द्रप्रसाद यादवलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले पक्राउ गरेका उनीहरु सोमबार छुटेका छन् । उनीहरु १ रात जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा बसे । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले पहिलोपटक पक्राउ परेको भएकाले त्यत्तिकै छाडिएको बताए ।

‘पहिलोपटक पक्राउ गरिएको । कारबाही गर्ने कुनै आधार देखिएन,’ उनी भन्छन् । जोशीका अनुसार अस्पताल बाहिर फार्मेसी चलाएर अस्पताल आउने बिरामी र उनीहरुका आफन्तलाई ठगी गर्ने गरेको गुनासोका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

अस्पतालमा आएका बिरामीलाई ललाइफकाइ आफ्नो फार्मेसीमा लैजाने, औषधि बेच्दा धेरै रकम लिने, उपचारमा सहयोग गर्ने नाममा दलालीको काम गर्ने लगायतका सूचना आएको भन्दै प्रहरीले पक्राउ गरेको हो । आगामी दिनमा बिचौलियाको काम नगर्ने र सेवाग्राहीलाई दुःख नदिने सर्तमा छाडिएको डीएसपी जोशीले बताए ।

पक्राउ परेकाहरुले एम्बुलेन्स, सीटी सफारी, गाउँगाउँका औषधि पसल तथा क्लिनिकमा समेत सम्पर्क बढाउँदै सञ्जाल नै बनाएर फार्मेसी सञ्चालकले बिरामीलाई ठगी गर्ने गरेको गुनासो आएको दाबी प्रहरीको थियो ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
विपद् व्यवस्थापनमा सम्झौता हुँदैन : प्रधानमन्त्री शाह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×