विराटनगरको नोबेल अस्पतालबाट १० जना पक्राउ

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २०, आइतबार २०:१७

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पताल परिसरबाट १० जनालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–४ स्थित अस्पतालबाट दिउँसो ४ बजेतिर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरु अस्पतालको बाहिर सञ्चालनमा रहेका फार्मेसी (औषधि पसल)का सञ्चालक र कामदार हुन् ।

विराटनगर महानगरपालिका–१८ का २७ वर्षीय राजुकुमार कामत, विराटनगर–७ का २४ वर्षीय नितेश राजवंशी, विराटनगर–६ का २३ वर्षीय सुरज राजवंशी, विराटनगर–५ का २७ वर्षीय अमर साह तथा सुनसरीको बर्जु गाउँपालिका–७ का २९ वर्षीय दीपेन्द्र गुप्ता, बर्जु–६ का २५ वर्षीय वीरेन रौनियार, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का २८ वर्षीय श्यामनारायण मण्डल, भारदहका २१ वर्षीय कमल पाठक, २१ वर्षीय दीपक मण्डल र सिरहाको विष्णुपुर गाउँपालिका–२ का २५ वर्षीय नगेन्द्रप्रसाद यादव पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अस्पताल बाहिर फार्मेसी चलाएर अस्पताल आउने बिरामी र उनीहरुका आफन्तलाई ठगी गर्ने गरेको गुनासोका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

‘अस्पतालमा आएका बिरामीलाई ललाइफकाइ आफ्नो फार्मेसीमा लैजाने र औषधि बेच्दा धेरै रकम लिने गरेको गुनासो आयो,’ प्रहरी स्रोतले भन्यो, ‘उपचारमा सहयोग गर्ने नाममा दलालीको काम गर्ने गरेको सूचना आएपछि पक्राउ गरिएको हो ।’ प्रहरीका अनुसार बिचौलियाको काम गरेर सेवाग्राहीलाई हैरान बनाएको गुनासो अस्पतालबाट आएको हो ।

एम्बुलेन्स, सीटी सफारी, गाउँगाउँका औषधि पसल तथा क्लिनिकमा समेत सम्पर्क बढाउँदै सञ्जाल नै बनाएर फार्मेसी सञ्चालकले बिरामीलाई ठगी गर्ने गरेको गुनासो धेरै आउने गरेको जोशीले बताए । पक्राउ परेकाको बारेमा थप अनुसन्धान भइरहेको र कस्तो कारबाही अघि बढाउने भन्ने विषयमा सोमबार टुंगो लाग्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
विपद् व्यवस्थापनमा सम्झौता हुँदैन : प्रधानमन्त्री शाह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×