
विराटनगर । विराटनगर–९ मा रहेको विराट क्याम्पसका विद्यार्थीहरूलाई बैंकिङ कारोबारसम्बन्धी जानकारी दिइएको छ ।
विराटनगरको लुम्बिनी विकास बैंकले क्याम्पसका विद्यार्थीहरुलाई १ दिने बैंकिङ साक्षरता प्रदान गरेको क्याम्पसका संचालक रोशन घिमिरेले जानकारी दिए ।
उनका अनुसार क्याम्पसको व्यवस्थापन संकायको कक्षा ११, १२ र बीबीएसमा अध्ययनरत विद्यार्थीहरूलाई बैंककी वरिष्ठ सहायक ज्योति सिंहले सहजीकरण गरेकी थिइन् । उनले विद्यार्थीलाई बैंकिङ कारोबारबारे जानकारी गराइन् ।
किताबी ज्ञानको साथै व्यवहारिक ज्ञान पनि हुन आवश्यक रहेको सिंहले बताइन् ।
क्याम्पसका संचालक घिमिरेले विद्यार्थीलाई किताबी ज्ञानका साथै यस्ता किसिमका व्यवहारिक ज्ञान दिन सके उनीहरूको अध्ययनमा सहज हुने विश्वासले यस्तो कार्यक्रम गरेको बताए ।
व्यवस्थापन संकायमा व्यवहारिक ज्ञानसहित अध्ययन गराउने विराटनगरमा पहिलो क्याम्पससमेत रहेको दाबी घिमिरेले गरे ।

























