अरनिकोले कक्षा १२ का विद्यार्थीलाई गर्‍यो बिदाइ

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २३, शनिबार १९:२३

विराटनगर । विराटनगर– १० मा रहेको अरनिको आवासीय माविले कक्षा १२ का विद्यार्थीलाई शनिबार एक कार्यक्रमका बीच बिदाइ गरेको छ ।

अरनिकोमा अध्ययनरत २४ औँ ब्याचको विज्ञान संकायका ९ सय ३३ र होटेल म्यानेजमेन्टका ७५ गरी १ हजार ८ जना विद्यार्थीलाई बिदाइ गरेको छ ।

कार्यक्रममा कलेजका प्राचार्य राजेश कार्की, संस्थापक निर्देशकहरू डा. भविन्द्र निरौला, विकास खनाल र प्राध्यापक विमल भट्टराईलगायतले विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामनाका साथ मायाको चिनो दिँदै बिदाइ गरेका थिए ।

सो अवसरमा कक्षा १२ की आदिती गिरीले कलेजमा बितेका २ वर्षको अनुभव, कलेजबाट सिकेका ज्ञानबारे सुनाएकी थिइन् । कार्यक्रममा विद्यार्थीले नृत्य, गायनलगायतका मनोरञ्जनका कार्यक्रम गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.