बरालको राजीनामा स्वीकृत

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २८, बिहीबार १८:२३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति प्रा. डा. केशरजंग बरालको राजीनामा स्वीकृत गरेका छन् ।प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुन्छन् ।

बरालको राजीनामा बिहीबार स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिबाट बरालले चैत ११ गते राजीनामा दिएका थिए ।

बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाएका हुन् । तर, राजनीतिक दबाब थेग्न नसकेर बरालले राजीनामा दिएको चर्चा छ ।

उनी गत वर्षको फागुन १० गते उपकुलपतिमा नियुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.