ग्रीनल्याण्डले गर्याे कक्षा १२ का विद्यार्थीको बिदाइ

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २९, शुक्रबार १७:१४

विराटनगर । विराटनगर महानगरपालिका –९ मा रहेको ग्रीनल्याण्ड कलेजले कक्षा १२ का विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमका बीच बिदाइ गरेको छ ।

कलेजको ११ औँ ब्याचको विज्ञान संकाय र व्यवस्थापन संकायका ६ सय ५० जना विद्यार्थीलाई बिदाइ गरिएको हो ।

सो कार्यक्रममा कलेजका प्राचार्य दिनेश दाहाल, कलेजका निर्देशक ईश्वरी मिश्र र शिक्षक भवानी दाहाललगायतले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि शुभकामना साथ मायाको चिनो दिँदै बिदाइ गरे ।

सो अवसरका कलेजको आन्तरिक र हिसान परीक्षामा उत्कृष्ट हुने कक्षा १२ का ५ जना विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

बिदाइ कार्यक्रममा कलेजमा बिताएका २ वर्षका अनुभव समीक्षा दाहाल, प्रियंका उपाध्याय र शम्भु दाहालले सुनाएका थिए । त्यस अवसरमा विद्यार्थीहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.