विद्यार्थीहरूलाई शैक्षिक भ्रमण

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३१, आइतबार २०:२२

विराटनगर  । विराटनगरको विराट क्याम्पस (सोम्स) ले कक्षा १२ का विद्यार्थीहरूलाई शैक्षिक भ्रमण गराएको छ ।

कक्षा १२ का विद्यार्थीहरूलाई बिदाइ गर्नुअघि क्याम्पसले शैक्षिक भ्रमण गराएको हो । विद्यार्थीलाई किताबी ज्ञानका साथै सामाजिक र सांस्कृतिक ज्ञान पनि आवश्यक पर्ने भएको हुँदा कक्षा १२ का विद्यार्थीलाई क्याम्पस छाड्नु अघि शैक्षिक भ्रमण गराएको कलेजका सञ्चालक रोशन घिमिरेले जानकारी दिए ।

विद्यार्थीहरूले धनकुटाको नाम्जेमा रहेका ‘होमस्टे’ को अवलोकन गर्नुका साथै त्यहाँको कला, संस्कृति, पहाडी क्षेत्रमा बनेका घर र पहाडका मानिसहरूले कसरी दैनिकी बिताएका छन् भन्ने थाहा पाएका छन् ।

शैक्षिक भ्रमणका क्रममा पहाडको प्राकृतिक सौन्दर्य र त्यहाँको चिसो मौसममा विद्यार्थीहरू रमाएका थिए । भ्रमणमा विद्यार्थी र शिक्षक गरी ३० जनाको सहभागिता रहेको थियो ।

क्याम्पसले विद्यार्थीको बौद्धिक विश्वासका साथ शैक्षिक भ्रमण गराउनुका साथै विभिन्न अतिरिक्त क्रियाकलाप गराउँदै आएको घिमिरेले बताए ।

व्यवस्थापन संकायतर्फ विराटनगरको पुरानो क्याम्पस र उत्कृष्ट पढाइ हुने भएकाले विद्यार्थीको रोजाइमा पर्ने गरेको घिमिरेले दाबी गरे ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.