कक्षा १२ को परीक्षा ११ गतेदेखि, शिक्षक आन्दोलन नरोकिए प्रभावित हुने

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ३, बुधबार १०:२५
फाइल तस्बिर

काठमाडौं । कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सञ्चालन हुँदै छ  । तर, शिक्षकहरूले परीक्षाको व्यवस्थापन र सञ्चालनमा सहभागी नहुने घोषणा गरेका छन् । परीक्षा सञ्चालन गर्ने शिक्षकले नै सहभागी नहुने बताएपछि अन्योल भएको छ ।

राष्ट्रिय परीक्षा बोडर्का अध्यक्ष महाश्रम शर्मा शिक्षकहरूको आन्दोलन जारी रहेमा परीक्षा प्रभावित हुने बताउँछन् । बोर्डले परीक्षाको तयारी पूरा गरेको उनले बताए । शिक्षकले परीक्षा नरोक्ने उनले विश्वास व्यक्त गरे । ‘आफैंले पढाएको विद्यार्थीको परीक्षा रोक्छौं भन्नु राम्रो होइन । शिक्षकले रोक्नु हुन्छ भन्ने विश्वास छैन’, उनले भने ।

बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार परीक्षा दिने करिब ५ लाख विद्यार्थी छन् । उनले पनि परीक्षा नरोकिने बताए । ‘क्यालेन्डर बनाएर काम गरेका छौं । यो मितिमा परीक्षा हुने एक वर्षअघि नै थाहा थियो । परीक्षा प्रभावित हुँदैन भन्ने विश्वास छ’, उनले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.