परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्रीको निर्देशन

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ९, मंगलबार २०:२५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न परीक्षा बोर्डलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केही दिन परीक्षा सार्न निर्देशन दिएका हुन् ।

तोकिएको समयमै वैशाख ११ गते नै सबै संयन्त्र प्रयोग गरेर भए पनि परीक्षा गर्ने तयारीमा बोर्ड थियो ।

प्रधानमन्त्री ओलीले स्थिति जटिल बनेको भन्दै परीक्षा सार्न निर्देशन दिएका हुन् । सोही अनुसार बोर्डकाे बैठकले परीक्षा सार्ने निर्णय गरेको छ । परीक्षा वैशाख २१ गतेदेखि सुरु गर्ने निर्णय बोर्डले गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.