सरकार र शिक्षक महासंघबीच वार्ता हुने

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १३, शनिबार ०६:५८

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच आज (शनिबार) वार्ताको तयारी गरिएको छ । शुक्रबार नै हुने भनिए पनि वार्ता हुन सकेन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहान ७ः३० बजेदेखि वार्ता सुरू गर्ने तयारी छ । मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी वार्ता गर्न लागिएको जानकारी दिएका छन् ।

वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न नवनियुक्त शिक्षामन्त्री रघुजी पन्त तयार देखिएका छन् । शुक्रबार दिउँसो ३ बजेबाट सुरु हुने भनिएको वार्ता अन्तिम समयमा भाँडिएको थियो ।

आन्दोलनरत नेपाल शिक्षक महासंघलाई नसोधी सिंहदरबार गेटमा २५ जनाको नाम मन्त्रालयले पठाएको भन्दै शिक्षकहरू वार्तामा नबसिकन सिंहदरबार गेटबाटै फर्किएका थिए । अब भने महासंघले पठाउने आधिकारिक टोलीसँग वार्ता गर्न मन्त्रालय तयार भएको छ ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्नेलगायतका माग राख्दै नेपाल शिक्षक महासंघ ३ साताभन्दा बढी समयदेखि निरन्तर आन्दोलनमा छ । सरकारी शिक्षकको आन्दोलनका कारण मुलुकभरको शैक्षिक गतिविधि ठप्प छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.