
काठमाडौं । आन्दोलनरत शिक्षकसँग निर्णायक वार्ता गर्नका लागि शिक्षा मन्त्री रघुजी पन्तसहित मन्त्रालयमा पर्खेर बसेका छन् ।
सोमबार राति अबेरसम्म भएको वार्तापछि शिक्षकहरू मंगलबार पुनः वार्तामा बसेर निचोडमा पुग्ने भन्दै बाहिरिएका थिए ।
मंगलबार निर्णायक वार्ता गरेर सहमति जुटाउने भनेका आन्दोलनरत शिक्षक अहिलेसम्म मन्त्रालय पुगेका छैनन् । आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने भन्दै शिक्षा मन्त्री रघुजी पन्त भने मन्त्रालयमा पर्खिरहेको बताइएको छ ।
सोमबार राति अबेरसम्म भएको वार्ता सहमति नजिक पुगेको थियो । शिक्षकहरूले नै मंगलबार बसेर टुंगो लगाउने भनेका थिए ।
तर, अहिलेसम्म उनीहरू वार्ताका लागि मन्त्रालय नपुगेको र मन्त्री पन्त उनीहरूलाई पर्खेर बसेको मन्त्रालयले जनाएको छ

























