
विराटनगर । ‘अन्नपूर्ण कलेज अफ ल’ विराटनगरले स्नातक तह अन्तर्गत पाँच वर्षे बीए एलएलबी कार्यक्रम सुरूवातको घोषणा गरेको छ ।
शुक्रबार उच्च अदालत विराटनगरका कायममुकायम मुख्यन्यायाधीश विमल सुवेदीको उपस्थितिमा आयोजित कार्यक्रममा कलेजले पाँच वर्षे बीए एलएलबी काेर्ष अध्यापन गराउने घाेषणा गरेकाे हाे ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ‘अन्नपूर्ण कलेज अफ ल’को नेतृत्व अधिवक्ता विकास थापाले गरेका छन् । थापाले विराटनगरमा गुणस्तरीय कानुनी शिक्षा अध्यापन गराउने प्रतिवद्धता जनाए ।
यो कलेजले शिक्षादीप कलेजको भवनमा आफ्ना कक्षाहरू सञ्चालन गर्नेछ ।

























