विराटनगरमा जनता क्याम्पसको नयाँ भवन बन्ने

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ५, सोमबार ०९:३२

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलियाले जनता आदर्श बहुमुखी क्याम्पसको शैक्षिक भवनको शिलान्यास गरेका छन् ।

विराटनगर महानगरपालिका–१ पुष्पलालचोकस्थित जनता आदर्श क्याम्पस परिसरमा बन्ने भवन तीन तलाको हुने जनाइएको छ । २ करोड ३४ लाख ५८ हजार रूपैयाँ लागतमा बन्ने उक्त भवन निर्माणको सम्झौता गत वैशाख ३० गते भएको हो ।

२०८३ असार २९ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी भूमिस्थान–भोलेनाथजे. भी. ललितपुरसँग सम्झौता भएको क्याम्पसले जनाएको छ । भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै उपकुलपति थपलियाले भवन निर्माण सम्पन्न भएपछि कक्षा कोठा अभावको समस्या समाधान हुने बताए ।

जनता आदर्श क्याम्पस परिसरमा सामाजिक कार्यअन्तर्गत स्नातकतहमा (बी.एस.डब्लयु), स्नातकोत्तर तहमा (एम.एस.डब्ल्यु), शिक्षाशास्त्र संकायअन्तर्गत स्नातकतहमा एक वर्षे र चार वर्षे बी. एड., स्नातकोत्तर तहमा एम. एड., जनसंख्या तथा विकास केन्द्र अन्तर्गत स्नातकोत्तर तहको एम.एस.सी. पी.आर.डी. तथाकानून संकायअन्तर्गत स्नातक तहमा तीन वर्षे एल.एल.बी., पाँचवर्षे बी. ए. एल. एल. बी. र स्नातकोत्तर तहअन्तर्गत एल. एल. एम गरी नौ वटा कार्यक्रम सञ्चालन भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.