
काठमाडौं । अबदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा प्रदेशबाटै सञ्चालन हुने भएको छ ।
यसअघि संघीय सरकारले यो परीक्षा सञ्चालन गर्दै आएको थियो । अर्थ एवं उपप्रधानमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै एसईई अब प्रदेशले सञ्चालन गर्ने घोषणा गरेका छन् ।
उनले एसईई सञ्चालनको प्रबन्ध प्रदेशबाटै मिलाइने जानकारी दिए ।

























