पथरीमा घाइते अवस्थामा मृगको उद्धार

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ३०, सोमबार ०८:५८

विराटनगर । मोरङको पथरीशनिश्चरेमा घाइते अवस्थामा फेला परेको मृगको उद्धार गरिएको छ ।

पथरीशनिश्चरे नगरपालिका–१ जयचोकस्थित हरियाली सामुदायिक वन नजिकै एसियन हाइवेमा सोमबार बिहान मृग घाइते अवस्थामा फेला परेको थियो । घाइते मृग रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले उद्धार गरेको हो ।

मृगको आँखा र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । उद्धार गरिएको मृगलाई आवश्यक संरक्षण तथा उपचारका लागि सब डिभिजन वन कार्यालय पथरीमा बुझाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.