
विराटनगर । क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट गोल गर्दा जर्मनीलाई पराजित गर्दै पोर्चुगल युरोपेली नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
रोनाल्डोले निर्णायक गोल गर्दा जर्मनीलाई २–१ ले हराउँदै पोर्चुगल फाइनल पुगेको हो ।
एक गोलले पछि परेको अवस्थामा कमब्याक जितका लागि रोनाल्डोले ६८ औं मिनेटमा गोल गरे । यो उनको १३७ औं अन्तर्राष्ट्रिय गोल हो ।
फ्लोरिज मर्जले जर्मनीलाई अग्रता दिलाएका थिए । तर रुबेन डियाजले ६३ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याए । रोनाल्डोले ६८ औं मिनेटमा गोल गर्दै उपाधिका लागि फ्रान्स र स्पेनबीचको बिजेतासँगको भेट पक्का गरे ।



















